सुखड: कैलाली जिल्लाको घोडाघोडी नगरपालिका-१ स्थित सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज छैटौँ दिन तीन खेल सम्पन्न भएका छ्न्। जसमा हिमालय युवा क्लब, घोडाघोडी क्लब र स्टार सिटी विजयी भएका हुन् ।
आज भएको पहिलो खेलमा हिमालय युवा क्लब भजनीले मनकामना युवा क्लब धनगढीलाई ३-१ गोल अन्तरले पराजित गर्यो ।
त्यसै आज भएको दोस्रो खेलमा घोडाघोडी फुटबल क्लबले बिहानी युवा क्लब भजनीलाई पाखा लगायो । जसमा घोडाघोडी क्लबले २-० गोल काे जित हात पार्यो ।
त्यस्तै आज नै भएको तेस्रो तथा अन्तिम खेलमा स्टार सिटी धनगढीले पञ्चकोशी युवा क्लब लम्कीमाथि १-० गोल अन्तरकाे जित हात पार्यो । निर्धारित ९० मिनेटको खेलमा धनगढीले १ गोल गर्दा लम्कीले गोल गर्न सकेन ।
वैशाख २८ गते देखि सुरु भएको जिल्ला लिग जेठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा उक्त प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ ।
प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टोली गरी २० टोलीको सहभागी रहेको छ ।
ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टोलीले ५० हजार तथा दोस्रो हुने टोलीले २५ हजार पुरस्कार पाउने छन् ।