कैलालीको घोडाघोडी नगरपालिकामा रहेको सुधार केन्द्रमा मृत्यु भएका सुनिल शाहीलाई कुटपिट गरी छतबाट खसाइएको खुलेको छ।
राती डिउटीमा रहेका एक कर्मचारी र सुधार केन्द्रमा रहेका अरू व्यक्ति हरुको कुटाइ पछि शाही बेहोस भएपछि छतमाथि बाट खसाइएको विश्वस्त स्रोतले निर्भीक पोष्टलाई जानकारी दिएको छ।
मङ्गलवार राती शाही भाग्न खोजेपछि डिउटीमा रहेका कर्मचारीले नै शाहीलाई कुटपिट गरेको र त्यसपछि सुधार केन्द्रमा रहेका अरु व्यक्तिले समेत कुटपिट गरेपछि उनी बेहोस भएको स्रोतले बतायो।
शाही बेहोस भएपछि सो रिपोर्ट कुटपिट गर्ने कर्मचारीले सुधार केन्द्रका जिम्मेवार एक सदस्यलाई गराएका थिए। ती सदस्यले आफु धनगढी रहेको बताउँदै त्यसो हो भने अब छतबाट खसेको हो भन्नु भनेर कर्मचारीलाई भनेको स्रोतले बतायो।
घटना बारे मङ्गलवार राती २ बजे इलाका प्रहरी कार्यालय सुखडलाई जानकारी आएको थियो।
मृतक शाहीको पुरै शरीरमा निल डाम र चोटपटक रहेको छ। प्रहरीले भने घटना बारे अनुसन्धान भइरहेको बताएको छ।
प्रकाशित :- २०८१ बैशाख २६, गते बुधबार