
काठमाण्डौ: नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य घटेको जनाएको छ । महासङ्घले आजको मूल्यसूची तय गर्दै बुधबारको तुलनामा मूल्य घटेर कारोबार सुरु भएको जानकारी दिएको हो ।

महासंघका अनुसार आज तोलामा २ सय रुपैयाँले सुनको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम छ ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार १५० रुपैयाँ कायम छ ।
हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३५ हजार ३५० रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । महासङ्घले तोलामा १५ रुपैयाँले घटेर चाँदीको कारोबार सुरु भएको जानकारी दिएको छ ।

यससँगै चाँदीको मूल्य प्रतितोला १६ सय ५५ रुपैयाँ कायम छ । हिजो बुधबार १६ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।