सुखड: इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ९ विकेटले पराजित गरेको छ । गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ८० रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर ४ बलमा मात्रै १ विकेट गुमाएर लक्ष्य पूरा गर्यो ।
राजस्थानका लागि यशस्वी जैसवालले शतकीय पारी खेले । उनले सर्वाधिक १ सय ४ रन जोडे ।
मुम्बईका लागि एक मात्र विकेट पियुष चावलाले लिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो । मुम्बईका तिलक वर्माले सर्वाधिक ६५ रन बनाए ।
राजस्थानका सन्दीप शर्माले ५ विकेट लिए ।
८खेलमा ७ जित र १ हारका साथ शीर्षस्थानमा रहेको राजस्थानको १४ अङ्क छ । समान खेलमा ३ मा जित र ५ मा हार व्यहोरेको मुम्बई ६ अङ्कका साथ सातौँ स्थानमा छ ।
आईपीएलमा आज चेन्नई सुपर किङ्स र लखनउ सुपर जाइन्ट्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ ।