सोमबार राती भारतको नैनीताल जिल्ला अन्तर्गत बेतालघाट क्षेत्रमा जिप दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । सोमबार साँझ बेतालघाट क्षेत्रको मल्लागाँउबाट नेपाली कामदार बोकेर टनकपुरतर्फ आउँदै गरेको जिप भीरमा खस्दा ८ जनाको मृत्यु भएको हो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृत्यु हुने नेपालीहरूमा ५० वर्षीय शिवराम चौधरी, ४५ वर्षीय धीरज चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल चौधरी रहेका छन् । यी सबै महेन्द्रनगरका रहेका बताइएको छ ।
शान्ति चौधरी र छोटु चौधरी भने घाइते भएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा जिपचालक भारतीय नागरिक राजेन्द्र कुमारको पनि मृत्यु भएको छ ।