
कैलाली । केपी ओली कप फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले लगातार दोस्रो पटक हात पारेको छ । दोस्रो संस्करणको केपी ओली कपको फाइनल खेलमा न्युरोड टिम (एनआरटी) लाई पेनाल्टीमा सुटआउटमा ५-४ गोलले पाखा लगाउँदै मछिन्द्र दोस्रो पटक च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि उपाधिको छिनोफानो पेनाल्टी मार्फत गरिएको थियो । एनआरटीका विवेक गुरुङले पेनाल्टीमा गोल गर्न चुकेपछि मछिन्द्र उपाधि चुम्न सफल भएको हो ।
उपाधि विजेता मछिन्द्रले उपाधिसहित ११ लाख रुपैयाँ प्राप्त गरेको छ । अघिल्लो संस्करणको केपी ओली कपको फाइनलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई हराउँदै उपाधि जितेको थियो ।
