
कैलालीको धनगढीमा रहेको हिमशिखर सहकारी संस्थाले शनिवार पत्रकार प्रकाशविक्रम शाहलाई सम्मान गरेको छ । सहकारीका क्षेत्रमा महत्त्वपूर्ण कलम चलाएको भन्दै सहकारीले आफ्नो १५ औँ वार्षिक साधारण सभामा गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रमुख शाहलाई नगद सहित सम्मान गरेको हो ।
विगतमा गोरखापत्रका सञ्चालक समिति सदस्यसमेत भइसकेका शाह दुई दशक लामो समयदेखि गोरखापत्रमा कार्यरत छन् । उनले नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश संयोजक र केन्द्रीय सदस्यको रूपमा पनि काम गरिसकेका अनुभव छ ।


प्रकाशित :- २०८० पुष २१, गते शनिबार