कैलालीको घोडाघोडी नगरपालिका–४ रामपुर बाट ट्याक्टर सहित दश गोलिया सालको अवैध काठ बरामद गरीएको छ । विशेष सूचनाको आधारमा सब डिभिजन वन कार्यालय सुखडको टोलीले ट्याक्टर सहित दश गोलिया सालको काठ बरामद गरेको हो ।
से १ त ५०७५ नम्बरको ट्याक्टरमा दश गोलिया सालको काठ लोड गरेको अवस्थामा फेला पारेको सब डिभिजन वन कार्यालय सुखडका प्रमुख नितेश भट्टराईले जानकारी दिए । तस्करहरूले काठ रामपुरमा रहेको मिलमा लिन खोजको बुझिएको छ । ट्याक्टर छोडेर फरार भएका तस्करहरूको खोजी कार्य भई रहेको डिभिजन वन कार्यालय सुखडले जनाएको छ ।
प्रकाशित :- २०८० आश्विन २२, गते सोमबार