“समयमै कार्ययोजना नवीकरण गरौं, सामुदायिक वनलाई गतिशील बनाऔँ” भन्ने नारासहित श्री लठुवा सामुदायिक वन उपभोक्ता समूहले आइतबार बृक्षारोपणसहित सामुदायिक वन दिवस मनाएको छ। 
कार्यक्रम सामुदायिक वनका अध्यक्ष सुनिता चलाउनेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अथिति सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष झुमादेवी चौधरी रहेकी थिइन्।
विशिष्ट अतिथिमा उपाध्यक्ष टेक थापा, सचिव लोकेन्द्र बहादुर सिंह, कोषाध्यक्ष आडम्मरा थापा छोएका थिए भने अतिथिहरूमा प्रदेश सदस्य रमा आचार्य, जिल्ला उपाध्यक्ष मैना ढकाल लगायतको उपस्थिति थियो।
घोडाघोडी नगर महासंघक, जिल्ला तथा प्रदेश वन महासङ्घका पदाधिकारीहरूले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव कपिल सापकोटाले गरेका थिए।


