हावाहुरीले ढलेकाे रूख लागेर गम्भीर घाइते भएका राष्ट्रिय कलेज सुखडका पूर्व क्याम्पस प्रमुख कर्णबहादुर भण्डारीको मृत्यु भएकाे छ ।

शुक्रबार बिहानकाे हावाहुरीले ढलेकाे रूखले टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भण्डारीकाे उपचारको क्रममा मृत्यु भएकाे हाे ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार सिंहले भण्डारीकाे उपचारका क्रममा माया मेट्राे अस्पतालमा मृत्यु भएको पुष्टि गरे ।
बिहान चलेको हावाहुरीका कारण सालकाे रुख ढल्दा ५२ वर्षीय भण्डारी घाइते भएका थिए ।

भण्डारीलाई उपचारका लागि तत्काल घोडाघोडी अस्पताल, सुखड लगिएको थियो तर त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धनगढीकाे माया मेट्रो अस्पताल ल्याइएको थियोे ।भण्डारीकाे उपचारका क्रममा मृत्यु भएको हाे ।

