
विभागीय टोली त्रिभूवन आर्मी क्लब विराटनगरमा जारी ९औं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक रिजालको मोरङ ११ लाई १-० ले पराजित गर्दै आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।


विराटनगरको सहिद रंगशालामा बुधबार भएको पहिलो क्वाटरफाइनल खेलमा आर्मीको जितमा निरज चौधरी नायक बने । उनले पहिलो हाफको ३७औं मिनेटमा गरेको गोलनै टिमको जितको लागि निर्णाय बन्यो । पथेमन गलेले मध्य भागबाट निकालेको क्रस पासलाई निरजले आकर्षक गोलमा परिणत गरेका थिए ।
पहिलो गोल खाएपछि दबाबमा परेको मोरङ ११ ले बराबारीमा ल्याउन निकै संघर्ष गर्यो । तर सफल हुन सकेन । दोस्रो हाफपछि आक्रमक खेल पस्किएको मोरङ-११ खेल बराबरीमा ल्यान आक्रामक खेले पनि गोल गर्न सकेन ।

प्रतियोगिताको प्लेर अफ द म्याच आर्मीका गोल रक्षक विकेस कुथु घोषित भए । उनले नगद ११ हजार पाए ।

बिहीबारको दोस्रो क्वाटरफाइनल खेल सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल पुलिस क्लबबीच हुनेछ ।


