
महिला प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले सुदूरपश्चिमलाई ५६ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी उद्घाटन खेलमा गण्डकीले निर्धारित १५ ओभरमा ७ विकेटको क्षतिमा ५५ रन बनाएको हो ।
गण्डकीका लागि रेखा तामाङ १३ र कप्तान सृजना पौडेलले १० रन बनाइन् । साथै, निरुता घर्ती मगरले ७, श्रेया शाहीले ३ र सलिना सेनले २ रन बनाइन् ।
सुदूरपश्चिमका लागि रेवती धामीले ४ तथा जानकी थापा र रितु कनौजियाले १-१ विकेट लिइन् ।
टस जितेर सुदूरपश्चिमले पहिले बलिङ रोजेको हो । मौसमका कारण खेल निर्धारित समयभन्दा केही ढिला सुरु भएको थियो ।
